७ वैशाख २०८१ शुक्रबार
समाज

राजधानीमा गरियो नेवा: सांस्कृतिक महोत्सव

नेवा: साधना कला केन्द्रको आयोजनामा मंगलबार राजधानीमा नेवा: सांस्कृतिक वज्या (महोत्सव) भएको छ। 

महोत्सवमा झण्डै तीन दर्जन गायक तथा कलाकारहरूले गीत गाएका थिए। साथै धिमे, नृत्यलगायतको पनि प्रदर्शन गरिएको थियो।

नेवार समुदायको गीत सङ्गीतलाई अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको आयोजक केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठ (बागमती भाइ) ले बताए। केन्द्रले यसका लागि समय समयमा विभिन्न यस्ता खाले विभिन्न कार्यक्रमहरू गर्दै गरेको उनले जनाए।

कार्यक्रममा सरस्वती मानन्धर, जुलुभाइ तुलाधर, कल्पना श्रेष्ठ, उतार मानन्धर, सिद्धार्थ श्रेष्ठ, सरिता शाही, आशिश श्रेष्ठ, सविना मानन्धर, यमन श्रेष्ठ, मैया महर्जन, ज्याक महर्जनलगायतले नेपाल भाषा (नेवारी) भाषाका विभिन्न गीतहरू गाएका थिए। कार्यक्रममा सहभागीहरूलाई वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठले मायाको चिनो विचरण गरेका थिए।

प्रकाशित: १२ पुस २०७९ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App