coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा पनि ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश

जिल्लामा रहेका ईसाईहरुले आफनो प्रमुख चाड क्रिसमस आईतबार धुमधामसंग मनाएका छन्। जिजस क्राईस्ट (यशु ख्रिस्ट) को जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईशाई धर्मावलम्बीहरुले  गिरजाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन। यसुको सम्झना गर्दै जिल्लामा रहेका ढेड दर्जन बढी गिरजाघरमा उनीहरुले सामुहिक प्रार्थना, मनोरंजन र भोजन गर्दै सो पर्व मनाएका हुन।एक महिना देखि करेल खेल्दै आएका ईसाईहरुले क्रिसमसको अवसरमा एकआपसमा शुभकामना र उपहार दिदै हर्षोल्लासकासाथ पर्व मनाएका छन्। 

उनीहरुले केक काटी अङगुरको झोल समेत पिएका थिए। गिरजाघरहरुमा गरिएको बिशेष कार्यक्रममा बाईबलको पाठ र यशुका बिषयमा चर्चा गरिएको थियो। कपिलवस्तुको तौलिहवा, लोहोरौला, चार नम्बर , सगरहवा, कोपवा, चन्द्रौटा, कृष्णनगर लगयतका गिरीजाघरमा दिनभर सामुहिक प्रार्थना, नाचगान र भोजभतेर गरिएको थियो। मानवजातिको मुक्तिदाताको रुपमा रहेका ईशु ख्रिस्टको महान जन्म दिनमा आफुहरुकालागि बिशेष हुने तौलिहवास्थित बेथेल चर्चका अगुवा डेविट चौधरीले बताए। ‘ मानवजातिको रक्षाकालागि परेश्वरले एक मात्र पुत्र संसारमा पठाउनु भएको थियो, जसले उहाँमाथी बिश्वास गर्छ उसले अनन्त जिवन पाउछ। ’ 

चौधरीले क्रिसमसको महत्व बारे प्रकाश पारे। तत्कालीन समयमा अन्याय, अत्याचार ,बिभेदमा परेका मानिसलाई बचाउन क्रसमा चढी आफनो बलिदान दिएको तौलिहवास्थित एजी अनुग्रह चर्चका पास्टर स्टेफिन थापाले बताए। येशुकै संझना ईस्वी संबत प्रारभ्भ भएको समेत बताईन्छ। दिन दुःखीलाई सशक्त बनाउन येशुले महत्वपुर्ण शिक्षा दिएकोले त्यो त्याग मानवजातिकै लागि प्रेरणा बनेको थापाको भनाई छ। नेपालमा ४ सय बर्ष  अघि देखि क्रिस्चियन धर्म आए पनि जिल्लामा २०५२ साल कपिलवस्तु नगरपालिका आनन्दबागमा पहिले आरधनालय संचालन गरिएको थियो। त्यसयता क्रिस्चियन धर्मावलम्बीहरु बढदै गएको पाईएको छ। आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको पास्चरहरु बताउछन। मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।

प्रकाशित: १० पुस २०७९ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App