७ वैशाख २०८१ शुक्रबार
समाज

शशांकको स्वास्थ्य अझै स्थिर

शशांककाे स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उपचारमा संलग्न डा. लवनरसिंह जाेशी। तस्बिर: प्रबिन काेइराला

काठमाडौं–अचानक स्वास्थ्यमा गम्भीर समस्या आएपछि ओम अस्पतालमा भर्ना गरिएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको छ। अस्पतालले कोइरालाको स्वास्थ्य अवस्था  थप गम्भीर तर स्थिर रहेको जनाएको छ। डा. लवनरसिंह जोशी नेतृत्वमा १५ वरिष्ठ डाक्टरको टोली कोइरालाको उपचारमा संग्लग्न छन्। बुधबार विहान प्रेस विज्ञप्ति जारी गरी  कोइरालाको अवस्था गम्भीर तर स्थिर रहेको बताएको अस्पताले दिउसो ३ बजे पत्रकार सम्मेलन गर्दै कोइरालाको महत्वपूर्ण अंगहरुले विस्तारेै काम गर्न छाडेको बताएको छ।

कोइरालको उपचारमा संलग्न डाक्टरहरुले कोइरालाका दुवै फोक्सोमा इन्फेक्सन भएको जनाए। कोइरालाको छाती थप समस्या देखिएपछि छातीबाट हावा निकाल्न ट्युबको प्रयोग गरिएको छ। उनको ब्लडपे्रसर बढाउन चार प्रकारको औषधिको प्रयोग गरिएको र औषधिका कारण उनको मृगौला र कलेजोमा केही समस्या देखिएको उपचारमा संलग्न डा. जोशीले जनाए। मंगलबार राति अचानक बेहोस भएपछि कोइरालालाई ओम अस्पताल भर्ना गरिएको थियो ।

कोइरालालाई अस्पताल भर्ना गरिएपछि उनलाई भेट्न अस्पताल परिसरमा शुभचिन्तक तथा नेताहरुको भिड लागेको छ। कोइरालालाई  भेट्न बुधबार विहान अस्पताल पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले एअर एम्बुलेन्सबाट कोइरालाई थप उपचारका लागि दिल्ली लानुपर्ने बताएका थिए।

अस्पतालका प्रवक्ता डा. लवनरसिंह जोशीले कोइरालालाई अस्पतालबाट विमानस्थलसम्म लैजान सक्ने अवस्था नरहेको बताएपछि उपचारका लागि बाहिर लैजाने योजना सफल हुन सकेन। कोइरालालाई भेट्न अस्पताल पुगेका प्रधानमन्त्री केपी ओलीले कोइरालाको स्वास्थ उपचारमा  कुनै कसर बाँकी नराखी हरसम्भव प्रयास गर्नु पर्ने बताएका थिए। कांगेस नेतृ सुजता कोइराला भने अस्पतालमा डा.शंशाकंलाई  भेटेर निस्कँदा निकै भावुक बनेकी थिइन्।  सुजाता शशांकलाई भेटेपछि आँखाभरी आँसु बनाउँदै बाहिरिएकी थिइन्।

डा. हरिकिशोर श्रेष्ठले महामन्त्री कोइरालालाई अस्पतालमा भेट्न पुगेका प्रधानमन्त्री, मन्त्री, सांसद  तथा नेतालाई बिफ्रिङ गरेका थिए। शशांक पत्नी  सुपद्राले कोइरालाको उपचारमा आफूँ स्वयं र काठमाडौंका विशेषज्ञ टोली संलग्न रहेको भन्दै थप उपचारका लागि बाहिर लैजान नपर्ने बताएको डा. श्रेष्ठले बताए। उनले बाहिर आएजस्तो कोइरालाको अवस्था अत्यन्तै नाजुक नभएको बताएका थिए

कोइरालाको ब्लडप्रेसर र श्वासप्रश्वासको गति दिनभर तलमाथि भइरहेको अस्पतालले जनाएको छ। बिहान ९०÷६० रहेको कोइरालाकोे ब्लडप्रेसर दिउसो भने १००÷५० रहेको अस्पतालले जनाएको छ।  कोइरालाको श्वासको गति भने ९० र ९५ को बीचमा रहेको थियो।उनको मुटुको चाल भने ८० रहेको छ।

 

प्रकाशित: २२ असार २०७३ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App