coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई किलो युरेनियमसहित तीन जना पक्राउ

क्याप्शन

सशस्त्र प्रहरीले बाराको जीतपुरबाट २ किलोग्राम युरेनियमसहित तीन जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू बारा जीतपुरसरिमा उपमहानगरपालिका ५ का २९ वर्षीय रवि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहट माधव नगर नगरपालिका २ का २२ वर्षीय बृज सहनी रहेको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सूचना अधिकारी डिएसपी अमरबहादुर खत्रीले जानकारी दिए।

इन्टेलिजेन्स ब्युरोको सूचना पछ्याउँदै सशस्त्र प्रहरी बल १२ नम्बर गण हेडक्वाटर बारा अन्तर्गत जीतपुर बेसबाट खटिएको कटिएको सशस्त्र प्रहरी टोलीले जीतपुरसरिमा उपमहानगरपालिका ७ स्थित आदित्य होटेलको कोठा नम्बर ४ बाट तीनै जनालाई युरेनियम सहित पक्राउ गरिएको डिएसपी खत्रीले बताए।

प्रकाशित: ९ पुस २०७९ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App