८ वैशाख २०८१ शनिबार
समाज

भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवको गोली प्रहारबाट मृत्यु

महागढीमाई नगरपालिकाको बरियारपुरमा अज्ञात समुहले चलाएको गोली लागेर गम्भीर घाईते भएका  भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक भारतीय नागरिकको मृत्यु भएको छ।

गोली प्रहारबाट गम्भीर घाईते भएका भारत बिहार पुर्वी चम्पारण पिपरा निवासी शिवपुजन यादवको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

कलैया –बरियारपुर हुलाकी सडक खण्डमा पर्ने बरियारपुरको भुतहि पुल नजिक सहनी नाम गरेका व्यक्तिले सञ्चालन गरेका  होटलमा शुक्रबार बेलुका नास्ता गरि रहेको अवस्थामा अज्ञात समुहले यादव माथि गोली चलाएर घाईते बनाएको थियो।  

छातीमा गोली लागेर लडेका भारतीय नागरिक यादवलाई उपचारको लागि परवानीपुरको बहुवरीमा रहेको एल एस न्युरो अस्पतालमा लगिएको र उपचारको क्रममा यादवको मृत्यु भएको बाराका  प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

२ दिन अघि मात्रै नेपाल प्रवेश गरेर बरियारपुर आएका यादव माथि पुर्वी चम्पारणको दरपा थानामा ४ वटा, महुवा थानामा २ वटा र छौडादानौै थानामा १ वटा गरि ७ वटा हत्या, लुटपाट, हतियार सम्बन्धीत मुद्दा रहेको उपरीक्षक बोगटीले बताए।

८ महिना अघि भारत बिहार छौडादानौ ग्राम पञ्चायतका उप प्रमुख रमेश यादवलाई गोली हानी हत्या गरिएको कार्यमा यादवको संलगन्ता  भेटिए पछि भातरीय प्रहरीले यादवलाई खोजी गरि रहेको उनले बताए।

प्रकाशित: ८ पुस २०७९ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App