७ वैशाख २०८१ शुक्रबार
समाज

अपहरण गरी भारत लैजाँदै गरेका युवकको उद्धार, अपहरणकारी पक्राउ

विराटनगर—अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ। धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विराटनगर–१५स्थित बसपार्क नजिकबाट लम्जेललाई यही असार १४ गते अपराह्न ८-१० जनाको समूहले अपहरण गरी मोरङको बुधनगर–६ स्थित आनन्द यादवको घरमा राखेका थिए। अपहरणकर्ताले पीडित पक्षसँग रु पाँच लाख फिरौती माग गरेको बताइएको छ।

प्रहरीबाट ढिलोप्राप्त जानकारीअनुसार, सो गाविसको फोक्सा भएर बीआर३८सी७२६९ नम्बरको मोटरसाइकलको बीचमा राखेर सो गाविसको फोक्साभएर भारततर्फ १७ गते लगिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

उक्त मोटरसाइकलमा सवार दुई अपरहणकर्ता आनन्द यादव र सनपत यादवलाई मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीहरुमाथि अपरहण तथा शरीरबन्धक मुद्धा दर्ता गरिएको प्रंहरीले जनाएको छ । रासस

प्रकाशित: १९ असार २०७३ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App