coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोमा फसेका ७ जनाको नेपाली सेनाद्वारा सकुशल उद्दार

काठमाडौँ– नेपाली सेनाले वर्षाका कारण धादिङको री गाविस–९ को चेप्राङमा गएको पहिरोमा फसेका सात जनाको आज सकुशल उद्धार गरेको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकोप्टर एवम् विपद् सहयोग तथा उद्धार टोली र नेपाली सेनाको देवीदत्त गणबाट गएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये चार जनालाई सदरमुकाम धादिङबेँसीमा ल्याई थप उपचारका लागि नेपाल रेडक्रस सोसाइटीमा र अन्य तीन जनालाई री गाउँको मेलेडाँडामा राखिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

 

प्रकाशित: १९ असार २०७३ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App