coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खरको छाना विस्थापित गर्दै खजुरा

यसभन्दा अघिल्लो वर्ष खरको छाना विस्थापित गरेर बनाइएका घर। तस्बिरः नागरिक

खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने भएको छ। खरको छाना बनाएर बसोबास गरिरहेका विपन्न परिवारहरूकाे खरका छाना विस्थापित गरिने भएको हो।

नेपाल सरकारबाट विशेष अनुदान अन्तर्गत यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको छ। यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको थियो।  

संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना विस्थापित गरिएको गाउँपालिकाका सूचना अधिकारी दिलबहादुर पौडेलले जानकारी दिए।

उनका अनुसार यस आर्थिक वर्षमा यहाँका करिब एक सय ६० वटा घर खरको छानामुक्त गरिने छ। ‘पहिलो चरणमा खरको छाना हटाउने कार्यक्रम छ,’ उनले भने, ‘दोस्रो चरणमा खपडा, टायल पनि विस्थापित गर्छाै। अहिले खरलाई पहिलो प्राथमिकतामा राखिएको छ।’ खरको छाना विस्थापित गर्न एउटा परिवारले ५० हजार रुपैयाँसम्म सहयोग पाउने छन्। ‘हामीले टिन (जस्तापाता) खरिदका लागि मात्र पैसा दिने हो,’ उनी भन्छन्, ‘अन्य ज्यामी खर्च स्वयम् परिवारले नै दिनुपर्छ।’

‘अति विपन्न परिवारलाई पनि जस्तापाताको छानामा राख्न खोजेका हौँ,’ उनले भने। खरको छाना हुँदा चैत वैशाखमा आगलागीका घटना धेरै हुन्छन्। खरका छाना विस्थापित गरियो भने त्यस्ता घटनामा कमी आउने पालिकाले जनाएको छ। हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खर बारीमा आगो लाग्दा घर पनि जोखिम हुने गरेको उनले बताए ।

गरिबीले गर्दा खरको छानासमेत फेर्न नसकेका विपन्नहरू खुसी भएका छन्। खरको छानामुक्त हुने भएपछि छाना फेरिरहनु पर्ने बाध्यता अन्त्य हुने यहाँका विपन्न परिवारहरू बताएका छन्। दिनहुँ मजदुरी गरेर खाने वर्गलाई टिन हाल्ने समस्या भएको भन्दै सरकारले छाना फेरिदिने भएपछि यहाँका दलबहादुर कामीले खुसी व्यक्त गरे। गरिब भएकै कारण खरको छानामा बस्न बाध्य भएको उनी बताउँछन्। ‘गरिब र दिनदुखीका पनि दिन आउँदा रहेछन्,’ उनी भन्छन्, ‘मेरा लागि बल्ल सरखार (सरकार) आयो।’

पालिकाले पहिलो चरणमा खरका छाना भएकाहरूको सूची संकलन गर्न थालेको छ।

प्रकाशित: ७ पुस २०७९ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App