coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेर रौतहटमा दुई बालकको मृत्यु, एक महिला घाइते

रौतहट–चट्याङ लागेर बिहीवार साँझ रौतहटमा दुईजनाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छिन्। बिहीवार साँझ साढे सात बजे सदरमुकाम गौरबाट तीस किलोमिटरको दूरीमा पर्ने  इनर्वा गाविसमा परेको चट्याङले दुई बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा इनर्वा– ४ का रामबाबु महतोका १३ वर्षीय छोरा सरोज महतो र स्थानीय विनोद महतोको १५ वर्षीय छोरा राम सागर महतो रहेका छन्। घरबाट साँझ खेल्न निस्केका दुवै बालक चट्याङ परेपछि गम्भीर घाइते भएका थिए। चट्याङ लागेर घाइते हुनासाथ दुवै जनाको अस्पताल लैजाँदै  गर्दा बाटोमा मृत्यु भएको थियो।
घटनाको खबर आउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक वीरेन्द्र पासवानको नेतृत्वमा प्रहरीको एउटा टोली घटनास्थल पुगेको रौतहटका प्रहरी प्रमुख डा. गणेश रेग्मीले बताए। मृतक दुवै बालकलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।
यसैगरी चट्याङ लागेर सोही गाउँकी ५५ वर्षीया कान्ती देवी घाइते भएकी छन् । कान्तिको खुट्टामा चट्याङले पोलेको छ। घाइते कान्तिदेवीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

 

प्रकाशित: १७ असार २०७३ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App