७ वैशाख २०८१ शुक्रबार
समाज

विद्युतीय शवदाह गृहमा बाग्मतीको बाढी पस्यो

काठमाडौं—बाग्मतीमा आएको बाढी पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पस्दा यन्त्रले काम गर्न छोडेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

सोमबारको अविरल वर्षाले बाग्मतीमा बाढी आई पशुपति तिलगङ्गास्थित नदी किनारमा रहेको शवदाह गृहमा पानी पस्दा यन्त्र बिग्रिएको कोषले जनाएको छ।

कोषले विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृहमा शव जलाउन सुरु गरेको थियो । बाढीका कारण पहिलोपटक यन्त्र बिग्रिएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताए। 'शवदाह यन्त्र बनाउने काम भइरहेकाले केही दिनमै सञ्चालनमा आउँछ', उनले भने। उनका अनुसार अहिलेसम्म विद्युतीय शवदाह गृहमा एक हजार ८०० शव जलाइसकिएको छ। रासस

प्रकाशित: १५ असार २०७३ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App