coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा

राजविराज-मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ  ।

राजविराज–७ स्थित रुपनी रोडमा रोकिराखेको ज ६ प ६००१ नम्बरको मोटरसाइकलमा रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बिआर ०६ पिए–३७१८ नम्बरको स्कारपियो कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 ठक्करबाट मोटरसाइकल चालक घाइते भएपछि प्रहरीले चेक जाँच गर्दा स्कारपियो चालक भारतको मधुवनीका २५ वर्षीय प्रदीप कामैतले मादकपदार्थ सेवन गरी सवारी चलाएको पाइएको  प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। 

 पक्राउ परेका कामैतमाथि सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतको विहारमा मादकपदार्थ सेवनमा रोक लगाइएपछि सप्तरीसहित तराईका जिल्लामा भारतीय नागरिकको मादकपदार्थ सेवनमा वृद्धि भइरहेको बताइएको छ ।

   कुटपिट, तीनजना पक्राउ

 यसैगरी, कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई जिल्ला अदालत राजविराजको तामेलदारसहितको टोली पक्राउ गर्न जाँदा उनीहरुमाथि सप्तरीको कञ्चरुप नगरपालिका–१० स्थित घोघनपुरमा मङ्गलबार आक्रमण भएको छ । 

जार मुद्दामा केही वर्षदेखि फरार रहेका स्थानीयवासी मोहम्मद रोजित मियाँलाई जिल्ला अदालत राजविराजका तामेलदार रामकृष्ण खिडहरीको नेतृत्वमा गएको सुरक्षाकर्मी र खिडहरीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । 

उनीहरुमाथि कुटपिटसँगै हातपात गरेपछि थप मद्दतका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गएर आक्रमण गर्ने सोही नगरपालिका–१० का ४३ वर्षीय जीवरेल मोहम्मद र ५० वर्षीय छुतहरु मियाँलाई  पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए।

फरार अभियुक्त रोहित मियाँलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । मियाँलाई जार मुद्दामा जिल्ला अदालतले एक महिनाको कैद सजाय तोकेको थियो । पक्राउ गरिएका मियाँलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराज कारागार पठाइने र बाँकी आक्रमण गर्ने दुई व्यक्तिलाई म्याद थप गरी सार्वजनिक मुद्दा चलाइएको प्रहरी निरीक्षक महतले बताए। रासस 

प्रकाशित: १५ असार २०७३ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App