coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितुवाको छाला सहित तीन पक्राउ

बर्दिया-चितुवाको छाला सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। क्षेत्रिय  अनुसन्धान व्यूरो टोलीले भुरिगाउँ र लम्की नगरपालिकावाट  तीन जनालाई पक्राउ गरेको हो।  
लम्की चुहा नगरपालिका १ का १९ वर्षिय कमल शाही र सोही ठाउँका १८ वर्षिय लोकजन बिकलाई भुरिगाउँवाट प्रहरीले नियन्त्रणमा लिएको थियो  भने लम्कि नगरपालिका चुहामा बस्ने  जनपुरा बिकलाई घरवाट पक्राउ गरेको हो।
 जंगली जनावरको अंग ओसारपसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको विशेष टोलीले कैलालीबाट पिछा गर्दै जाँदा ईलाका प्रहरी कार्यालय भुरीगाउँको सहयोगमा पक्राउ गर्न सफल भएको थियो। आईतवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नियन्त्रणमा रहेको तीन जनालाई प्रहरीले अनुसन्धान गरिरहेको  एसपी भरत वहादुर वोहराले जानकारी दिए।

 

प्रकाशित: १२ असार २०७३ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App