coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा बढ्यो सवारी दुर्घटना

सर्लाहीमा सवारी दुर्घटनामा वृद्धि भएको छ। पछिल्लो समय सर्लाहीमा सवारी दुर्घटनामा निकै वृद्धि भएको देखिएको छ।

गत मंसिर महिनामा मात्र सर्लाहीमा विभिन्न दुर्घटनामा १० जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा सर्लाहीमा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गत साउनदेखि मंसिरसम्म पाँच महिनामा सर्लाहीमा ३९७ सवारी दुर्घटना भएको छ। दुर्घटनामा ५२६ जना सामान्य र १२५ जना गम्भीर प्रकृतिले घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही नवलपुरका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी गराएका छन्।  

सर्लाहीको मुख्य राजमार्ग, सहायक राजमार्ग तथा भित्री राजमार्ग सबैतिर सडक दुर्घटनामा वृद्धि भएको देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले ट्राफिक चेतनासम्बन्धी कार्यक्रम संचालन गर्ने गरेको भए पनि प्रभावकारी नभएको स्थानीयको भनाइ छ।  

प्रकाशित: २ पुस २०७९ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App