८ वैशाख २०८१ शनिबार
समाज

सशस्त्र प्रहरी जवान माथि सर्लाहीमा गोली प्रहार

सर्लाहीको रामनगर गाउँपालिकामा बिदामा घर आएका एक सशस्त्र प्रहरी जवान सुरेश साह माथि गोली प्रहार भएको छ।

सशस्त्र प्रहरी १५ नम्बर गण काभ्रेमा कार्यरत जवान साह माथि आफ्नै मामाको छोराले लेन देनको बिषयमा गोली प्रहार गरी गम्भीर घाइते बनाएको सर्लाही प्रहरीले जनाएको छ।

रामनगर गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने सिशौट बजारको एक (मदिरा) भट्टीमा आफ्नै मामाको छोराले बिदामा घर आएका सशस्त्र जवान माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी जवान सुरेश साह सङ मामाको छोरा राम प्रवेश साहले सात लाख रुपैयाँ सापटी दिएका थिए। राम प्रवेशले सुरेश लाई सुशौट बजारमा पैसा लिन बोलाएका रहेछन्। उनी सङ्गै चार जनाले एक मदिरा पसलमा खाजा खादै गर्दा गोली प्रहार भई सशस्त्र प्रहरी जवान सुरेशको पाखुरामा गोली लागेको थियो।

घाइतेको मलङगवा स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मामाको छोरा पर्ने राम प्रवेशलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले बताए।

फरार अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ पुस २०७९ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App