४ वैशाख २०८१ मंगलबार
समाज

प्राविधिक एसएलसीको नतिजा प्रकाशन

काठमाडौं–परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार दिउँसो प्राविधिक धार तर्फको एसएलसीको नतिजा प्रकाशीत गरेको छ। नियमित र इक्जाम्टेड गरी कुल ३ हजार २ सय २६ विद्यार्थी सहभागित रहेका थिए।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार प्राविधिक धार तर्फ सबै भन्दा बढी जिपिए २.८देखि ३.२ मुनि  अर्थात बी प्लस ग्रेड  ल्याउने विद्यार्थीहरु बढी छन्। यो समूहमा कुल १ हजार ९ सय ९६ विद्यार्थी रहेका छन्।
साधरण धारको एसएलसीको नतिजा सार्वजनिक भएको एकसाताभित्र परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारको नतिजा प्रकाशन गरेको हो। जिपिए ३.६ देखि ४ मुनी  अर्थात एप्लस ग्रेड मा २ सय विद्यार्थी रहेका छन्।
जिपिए ३.२देखि ३.६ मुनि ए ग्रेड ल्याउने विद्यार्थीहरुको सँख्या ७ सय ४ रहेको छ । जिपिए २.४देखि २.८ मुनि समूहमा पर्ने विद्यार्थीहरु ८ सय ६१ छन् । यो बी ग्रेड हो। यसैगरी जिपिए २देखि २.४ ल्याउने विद्यार्थीहरुको सँख्या २ सय १८ रहेको छ । यो सी प्लस ग्रेड हो।
जिपिए १.६ देखि २ ल्याउने विद्यार्थीहरु २७ रहेका छन्। यो सी ग्रेड हो भने जिपिए १.२ देखि १.६ अर्थात डि प्लस ग्रेडका विद्यार्थीहरु १ रहेका छन्।
‘प्राविधिक धार तर्फ डि र ई ग्रेड ल्याउने विद्यार्थीहरु छैनन,’नियन्त्रक काप्रिले नागरिकसँग भने‘उमेर नपुगेका,थेउरी र प्राटिक्कल मिसिङमा कुल १६ विद्यार्थी रहेका छन् ।’उनले थपे‘साधारण र प्राविधिक  दुबै धार तर्फका विद्यार्थीहरुलाई आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे नतिजा प्रकाशनको १५ दिनभित्र विषय पुनर्योगकोलागि निवेदन दिने ब्यवस्था गरिएको छ।’
इक्जाम्टेट तर्फ ३ विद्यार्थी सहभागि रहेकोमा जिपिए २.८देखि ३.२ मुनी ल्याउने १ र जिपिए २.४देखि २.८ ल्याउने विद्यार्थीहरु १ रहेका छन्। विद्यार्थीले ग्रेड बृद्धि गर्न चाहेमा मौका परीक्षा साधारणकै जस्तै साउन १४देखि सुरु हुने र त्यसमा परीक्षा दिन सक्ने ब्यवस्था गरिएको नियन्त्रक काप्रिले जनाए।

 

प्रकाशित: ८ असार २०७३ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App