६ चैत्र २०८० मंगलबार
समाज

१८ किलो चरेससहित ३ पक्राउ

इलाम–    जिल्लाको पशुपतिनगरबाट प्रहरीले सोमबार १८ किलो लागूऔषध चरेससहित ३ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय सीमानजिकै पशुपतिनगर–४ फाटकबाट प्रहरीले भारतीय गाडीमा रहेका उनीहरूलाई गाडीसहित पक्राउ गरेको हो ।  

विराटनगरस्थित पूर्वक्षेत्र प्रहरी कार्यालयका अनुसार धादिङको सेर्तुवा गाविस–२ का ३५ वर्षे बुद्धिलाल तामाङ, रूपन्देही गजेडी गाविस–७ का होमबहादुर पुन र डब्ल्यु बी ७६–७४६४ नम्बरको टाटासुमो चालक भारत दार्जिलिङस्थित सुकियापोखरीका मिलन भनिने टासी शेर्पा पक्राउ परेका हुन् ।
 पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट असई उज्वल खड्गीको नेतृत्वमा रहेको टोलीले भारततिरै जाँदै गरेको टाटासुमो चेकजाँचक्रममा चरेस फेला पारेको हो । उनीहरूको साथमा रहेको रातो सुटकेस र हरियो हेन्डब्यागमा ९–९ किलो चरेस फेला परेको थियो । उनीहरूको साथबाट प्रहरीले हजार दरका २० र ५ सय दरका ७३ भारतीय नोट तथा हजार दरका ७० थान नेपाली नोट बरामद गरेको छ । पक्राउहरूलाई इलाम प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    

 

प्रकाशित: ७ असार २०७३ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App