coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा ‘प्रदेशस्तरीय खाना महोत्सव’ हुँदै

उदयपुरमा दोस्रो ‘प्रदेस्तरीय खाना महोत्सव ०७९’ हुने भएको छ। नेवार समुदायको छाता संगठन झिगु नेवाः पुचःको आयोजनामा आगामी पुस ४ देखि १० गतेसम्म सदरमुकाम गाईघाटमा खाना महोत्सव हुन लागेको हो।  

कोविडअघि ३ वर्ष पहिले पहिलो खाना महोत्सव आयोजना भएको गाईघाटमा पुचःले यो दोस्रो पटक प्रदेशस्तरीय खाना महोत्सवको आयोजना गर्न लागेको हो। सो बारे नेवाः पुचःले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो। महोत्सवमा नेवारीसँगै अन्य बिभिन्न जातीय परिकारका स्टलहरु राखिने जानकारी गराइएको छ।

 ‘कला, संस्कृतिको संरक्षण, जातीय परिकार प्रवद्र्धनसहित पर्यटन विकासका लागि महोत्सव’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता र ‘नेवाः छमछमी प्रतियोगिता’ समेत आयोजना गरिने आयोजक पुचःले जनाएको छ।  

महोत्सवमा परम्परागत तथा सांस्कृतिक गतिबिधिहरु झल्किने बिभिन्न जातजातिका भेषभुषा र झाँकीहरु पनि प्रदर्शन गरिनेछ। नेवा छमछमी सिजन ३ र लाखे महोत्सव हुने पुचःका सचिव गोपाल श्रेष्ठले बताए। उनका अनुसार विभिन्न जातजातिका खानाका परिकार विक्री वितरण हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साङ्गीतिक प्रस्तुतीसमेत हुनेछ।  

महोत्सवले स्थानीय कृषि व्यवसायलाई ब्यवसायिकरण गर्नुका साथै लोपोन्मुख रैथाने परिकारहरुको उजागर गर्ने उदेश्यले लिइएको श्रेष्ठले बताए। ‘हामीले बिगतमा गरेको महोत्वलाई निरन्तरता दिदै स्थानीय रैथाने खानाका परिकारको स्वाद फर्काउदै’ श्रेष्ठले भने,  ‘कोविडले थलिएर भर्खरै बौरिदै गरेको व्यापार व्यवसायको प्रबद्र्धन गर्न पनि यो कार्यक्रम गर्न लागका हौँ।’  

महोत्सवले त्रियुगाको ‘वडा १ जाति’को होमस्टे प्रवद्र्धनमा पनि टेवा पुग्ने उद्देश्य लिइएको छ। महोत्सवमा करिब २३ लाख खर्च हुने प्रारम्भिक अनुुमान गरेको आयोजकले ३० लाखसम्म आम्दानी गर्ने लक्ष लिएको जनाएको छ। संस्थलाई केही रकम बचत हुने गरी महोत्सव आयोजना गर्ने र बचेको रकमले नेवाः समुदायको संग्रहालयमा सामान जोड्ने योजना रहेको आायेजकको भनाई छ।  

महोत्सव सफल पार्न सबै पक्षको साथ र सहयोगका लागि आयोजकले अपिल गरेको छ। पहिलो खाना महोत्सव जिल्ला होटल ब्यवसायी संघसँगको सहकार्यमा भएकोमा यस पटक भने झिगु नेवाः पुचः एक्लैको आयोजनामा गर्न लागिएको हो।

प्रकाशित: २४ मंसिर २०७९ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App