७ वैशाख २०८१ शुक्रबार
समाज

अर्घाखाँचीमा कार दुर्घटना, ५ जना घाइते

गोरुसिंगे–सन्धिखर्क सडकखण्डको शितगंगा नगरपालिका–२ झोलुंगे पुल नजिकै कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। सुपादेउराली मन्दिरको दर्शन गरी फर्कंदै गर्दा कारको ब्रेक फेल भएर सडकबाट तल खस्दा पाँच जना धाइते भएका हुन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा तनहुँ आँबुखैरेनीका एकै घरका परिवार घाइते भएको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए। घाइते हुनेहरूमा आँबुखैरेनीका ५५ वर्षीय लक्ष्मी त्रिपाठी, ५१ वर्षीया अन्शु त्रिपाठी,  २८ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीय प्रकृति त्रिपाठी र ३२ वर्षीय चालक सिसन त्रिपाठी रहेको प्रहरीले जनाएको छ।

घाइतेको प्राथमिक स्वास्थ केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App