coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु

मणिपाल शिक्षण अस्पताल

पोखराको मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ। पोखरा–१८ सराङ्कोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको अस्पतालको तेश्रो तलाबाट खसेर करिब १२ बजे मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

घर्ती मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी थिईन्। अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको हेरचाहमा खटिएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए।  

उनका अनुसार ढोका खोल्ने वित्तिकै महिला एक्कासी खसेर तल्लो तलामा बजारिएकी थिईन। टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएकी उनको उद्धार गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई। 

श्रोतका अनुसार अस्पतालले रेलिङ लगाएको छैन। जसका कारण ढोका खोल्ने वित्तिकै महिला खसेको हुनसक्ने डिएसपी तिवारीले बताए। अस्पताल प्रशासनले भने अस्पताल पुर्ननिर्माणको काम भईरहेका बेला महिला किन पछाडिको ढोका खोल्न पुगिन् भन्ने बुझ्न नसकेको बताएको छ। घटनाको अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App