७ वैशाख २०८१ शुक्रबार
समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उद्धार अभ्यास (फोटोफिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उद्धारका लागि गरिएको अभ्यास। तस्बिरः उमेश पुन÷नागरिक

वनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारी छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तोकिएको मितिमा विमानस्थल संचालमा ल्याउनका लागि तयारी थालेको छ। विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) पनि भईसकेको छ।  

अबको केहीदिनभित्र क्यालिब्रेसन फ्लाईटको रिर्पोट आउने र त्यसपछि व्यवसायिक उडानको परीक्षण भएपछि नियमित उडानको तयारी हुनेछ। विमानस्थल संचालनको तयारी भईरहँदा शुक्रबार विमानस्थलमा आपत्तकालित उद्धारको अभ्यास गरिएको छ। विमान दुर्घटना भईहालेमा कसरी उद्धार गर्ने भनेर अभ्यस्त हुनका लागि यो अभ्यास गरिएको हो।

प्राधिकरणका पोखरास्थित सूचना अधिकारी देवराज सुवेदीका अनुसार विमानस्थलमा हवाई दुर्घटना भईहालेमा कसरी उद्धार गर्ने भनेर सुरक्षाकर्मी, अग्नी नियन्त्रक, स्वास्थ्यकर्मी, एम्बुलेन्स, विमानस्थल, हवाई कम्पनिले बेलाबेला अभ्यास गर्छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त झनै पहिलो पटक उडान गर्ने तयारी भईरहँदा यो अभ्यास जरुरी रहेको उनले बताए।  

‘हुन त यो नियमित अभ्यास हो। विमानस्थलमा हरेक वर्ष यस्ता अभ्यास हुने गरेका छन,’ उनले भने, ‘यसले विमानस्थलको तयारीको अवस्थालाई झल्काउँछ।’ कुनैपनि दुर्घटना जानकारी बिना हुने भएकोले त्यो बेलाको तयारी स्वरुप यस्तो अभ्यास जरुरी रहेको उनले बताए। हवाई दुर्घटना भइहालेमा अहिले गरिएको अभ्यास अनुरुप उद्धारमा खटिने उनले सुनाए।

हवाई दुर्घटना भइहालेमा कसरी उद्धार गर्ने र यात्रुको ज्यान जोगाउने भनेर सबै निकायसँगको समन्वयमा यो उद्धार अभ्यास गरिएको उनले बताए। अभ्यासको क्रममा हवाई दुर्घटनाको अभ्यास, उद्धार, आगलागी नियन्त्रण, उपचारका लागि अस्पतालसम्म पु¥याउने लगायतका अभ्यास गरिएको थियो।  

प्रकाशित: २३ मंसिर २०७९ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App