coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या आरोपीद्वारा आत्मसमर्पण

कैलालीको जोशीपुरमा सालोको हत्या गरेर फरार रहेका गौरीलाल ढुंगानाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले बुधबार राति १ बजेतिर ईलाका प्रहरी कार्यालय बौनीयाँमा आत्मसमर्पण गरेका हुन्।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद जोशीले उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। जोशीपुर गाउँपालिका–६ कुमारीबागका कान्ते भनेर चिनिने ५० वर्षका ढुंगानाले घरेलु हतियार प्रयोग गरेर साला नाता पर्ने ३३ वर्षका पदम भण्डारीको हत्या गरेको र अर्का साला नाता पर्ने ४० वर्षका जयराम भण्डारी घाईते बनाएका थिए।  

उनीहरु सबैजना एउटै टोलका बासिन्दा समेत हुन्। मदिरा सेवन क्रममा उनीहरुबीच घरायसी झगडालाई लिएर विवाद भएको बताइएको छ। भिनाजु ढुंगानाले दिदीलाई प्रायजसो कुटपिट गर्ने गरेपछि सालाहरुले त्यसो नगर्न भनेर सम्झाएका थिए। यही विषयमा उनीहरुबीच विवाद चर्केको थियो।  

प्रत्यक्षदर्शीका अनुसार ढुंगानाले भण्डारीद्वयलाई मारिदिने धम्की दिएका थिए। उनीहरुले सक्छौ भने मारेर देखाउ भनेपछि ढुंगाना घरबाट हसियाँ लिएर आएका थिए। ढुंगानाले एकाएक दुवैजना माथि हसियाँ प्रहार गरेको स्थानीयले बताए।  

उनीहरुबीच यसअघि समेत झैझगडा हुने गरेको स्थानीयले बताएका छन्। केही समयअघि ढुंगानाले सालालाई सावर्जनिक मुद्दा लगाएका थिए।

प्रकाशित: २२ मंसिर २०७९ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App