८ वैशाख २०८१ शनिबार
समाज

हुम्ला विमानस्थलमा तारा एयरको जहाज चिलसँग ठोक्कियो

हुम्लाको मनेलेक नजिक तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किंदा नोजमा क्षति भएको छ।

बुधबार दिउँसो १२:४५ बजे नेपालगन्जदेखि सिमकोट विमानस्थल हुम्ला आउदै गरेको ९ एन-एकेल कलसाईन भएको तारा एलायन्सको जहाज सिमकोट विमानस्थलमा अवतरण गर्नु करिब २ मिनेट अगाडि जहाज चिलसँग ठोक्किएको थियो। नोचमा चिल ठोकिदा  जहाजको नोचभित्र चिल पसेको थियो।

चील नोचभित्र पसेपनि जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गरेको सिमकोटस्थलले जनाएको छ। मानवीय क्षति भने भएको छैन्।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार (चील) ठोक्किएको वायुयान को अग्रभाग ९नोज० मा क्षति पुगेको छ। उनले वायुयानमा कार्गो मात्र रहेको र चालक दलका सबै सदस्य सकुशल रहेको बताए। अहिले तारा एअरका प्राविधिक टोलिले विमानस्थल पुगी वायुयानको चेक जाँच गर्ने कार्य भइरहेको उनले बताए। 

प्रकाशित: २१ मंसिर २०७९ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App