१३ माघ २०७९ शुक्रबार
समाज

पहिले धान र जौ फल्ने लाइजीउँलोमा: अहिले पक्की भवन टल्किन्छन्

जुम्ला सदरमुकाम सिमकोटमा धमाधम खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ। यहाँ अहिले खेतीयोग्य जमिन भेटिदैँन। खेतीयोग्य जमिनमा पक्की घर र भवन बनेपछि अन्नवालीको उत्पादनमा गिरावट आएको स्थानीय बताउँछन्। सिमकोट अहिले आयतीत खाद्यन्नमा निर्भर छ।  

सडक सञ्जालको पहुँच पुगे पनि कृषि उत्पादनमा सोचे जस्तो उपलब्धि नभएको किसानहरु बताउँछन्। जुम्लामा २०६३ सालको चैत ३० गते कर्णाली राजमार्गको ट्रयाक खुलेको हो। यहाँ जग्गाको मूल्य बढ्दै गएको बताउँछन्, चन्दननाथ  नगरपालिका ( ५ धनविर धामी।खेतीपातीबाट भन्दा जग्गा बेच्दा पैसा कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेको उनको भनाइ छ। खेतीयोग्य जमिन घडेरी बनाउनको लागि बेच्ने गरेको धामीले सुनाए।अहिले स्थानीय अन्न,तरकारी जस्ता खाद्यान्न उत्पादनमा जुम्ला पछि परेको सरोकारवाला बताउँछन्। पहिलेको खेतीयोग्य जमिन अहिले बसपार्क, ग्यारेज,र ट्राईल सेन्टर बनेका छन्। अहिले यहाँ पाँच तला सम्मका पक्की घररभवन ठड्याइएको छ।  

लाइजीउँलोमा एक दशक अघिसम्म धान, जौँ र समय अनुसारको अन्नवाली पाकेको देखिन्थ्यो।अहिले देख्नै मुस्किल पर्छ।  कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीका अनुसार जुम्लाको खेतीयोग्य जमिनको आधाभन्दा बढी जमिनमा घर, उद्योग र कलकारखाना बनेका छन्। सडक पुगेपछि जिल्लाको विकासमा सहजतामा आएपनि कृषियोग्य जमिन मासिँदै गएको उनले बताए। किसानहरू परम्परागत कृषि प्रणाली अवलम्बन गर्छन्। आधुनिक कृषि प्रर्णालीको विकास भएको देखिदैन। जुम्लामा ६७ प्रतिशत पहाडी भु(भाग छ। करिब एक चौथाइ खेती गर्न मिल्ने जग्गा पनि छ। १० वर्ष यताको तथ्यांक हेर्ने हो भने आधा भन्दा बढी खेतीयोग्य जमिन घटिसकेको छ। खेतलाई घडेरी बनाउनेहरुको चलनचल्ती छ। अहिले यहाँका बुढापाकाले खेतिपातीको काम गर्दै आइरहेको भएपनि युवाहरु पढाई, लेखाई र अन्य व्यापार व्यवसायमा संलग्न छन्। आधा दर्जन बढी युवाहरु रोजगारीका लागी विदेशिन थालेका छन्।  

चन्दननाथ नगरपालिका (१० की उमा विकको खेतमा धान, जौ, मकै, कोदो फल्थ्यो। भान्सामा खेतबारीकै दाल र भात पाक्थ्यो। तर अहिले तराईबाट आयतीत दैनिक उपभोग्य वस्तुको भरमै गुजारा चलेको छ। अधिकांशले पक्की घर बनाउने र भाडामा दिने समेत गरेका छन्। कर्णाली राजमार्ग सञ्चालन भएसँगै दुरदराजका धेरै मान्छे बजारमै बसोबास गर्छन्। कसैले व्यापार व्यवसाय गरेका छन् त कसैले घर घडेरी किनेर यतै बसाईसराई गरिसकेका छन्।  सदरमुकाम नजिकका खेतमा विल्डिङ्ग ठडिए, गाउँका जग्गा बाँझै छन्। चिनो, कागुनो र गहत लगायतका बालीका लागि चिनिएको जुम्लामा अहिले ती उत्पादनको बीउ पाउन मुश्किल छ। अहिले बाहिरी खाद्यन्न भरमा यहाँको जनजीवन चलेको छ। बाहिरका मानिसको लागि  सदरमुकाम रोजाईमा परेको छ। सदरमुकाम आसपासमा मानिस खेतीयोग्य जमिन बेचेर जाने क्रम बढेको छ। अव्यवस्थित सहरीकरणले पनि खेतीयोग्य जमिनमा असर परेको स्थानीय बताउँछन्।

प्रकाशित: २१ मंसिर २०७९ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App