coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टीकापुरमा चोरीका घटना बढ्दो

चोरी भएको मोटरसाइकल र स्कुटर। तस्बिर: नागरिक।

कैलालीको टीकापुरमा चोरीका घटना बढ्न थालेका छन्। घर आँगनमा राखिएका मोटरसाइकलहरु एकपछि अर्को गर्दै चोरी हुन थालेका हुन्। गए राति टीकापुर नगरपालिका–१ भानुचोकस्थित आफ्नै घरको आँगनबाट शुक्र रावलको मोटरसाइकल चोरी भएको छ।

रावलको सुजुकी कम्पनीको से ७ प ८२४४ नम्बरको मोटरसाइकल चोरी भएको हो। ‘घरको आँगनमै राखेको थिएँ, रातिको समयमा चोरी भएछ’ उनले भने ‘घरको आँगनबाटै बाइक चोरी हुन थालेपछि थप चिन्ता बढेको छ।’ उनको घर इलाका प्रहरी कार्यालय टीकापुर भन्दा झण्डै ५ सय मिटर मात्रै टाढा रहेको छ।

त्यस्तै आइतबार राति टीकापुर नगरपालिका–१ ब्लक नं. १३ का मानस बिष्टको स्कुटर समेत चोरी भएको छ। राति साढे १० बजेको समयमा नापी कार्यालय अगाडि रहेको ब्ल्याक आई कफी सपबाट विष्टको बा.२०१६ प. ३३४७ नम्बरको खरानी रंगको स्कुटर चोरी भएको हो।

बिष्टले कफी सपमा पार्किङ गरेर राखेको अवस्थामा स्कुटर चोरी भएको बताए। उनले स्कुटर चोरीको घटनाबारे प्रहरीलाई जानकारी गराई सकिएको बताए।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीले मोटरसाइकल चोरीको घटनाबारे जानकारी आएको बताउँदै संलग्नलाई तत्काल पक्राउ गर्ने बताए। ‘केही समय पहिले हामीले पक्राउ गरेर मुद्दा नै चलाएका थियौँ’ उनले भने ‘फेरि घटनाहरु भएका छन्, तत्काल पक्राउका लागि हामी लागिरहेका छौँ।’

घर आँगनबाटै मोटरसाइकल, स्कुटर लगायत चोरी हुन थालेपछि टीकापुर क्षेत्रमा सुरक्षा सतर्कता बढाउनु पर्ने देखिएको छ।

प्रकाशित: २० मंसिर २०७९ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App