coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा घरेलु हिंसाका घटना बढ्दो

जुम्लामा महिला हिंसाका घटनाहरु बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार तीन आर्थिक वर्षमा जुम्लामा महिला हिंसाका घटना तीव्र गतिमा बढ्दै गएका हुन्।

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय जुम्लामा दर्ता भएका महिला हिंसाका उजुरीहरु ह्वात्तै बढेको पाइन्छ। आर्थिक वर्ष २०७७/०७८ मा ७९,आर्थिक वर्ष २०७८/०७९ मा १ सय १५ र चालू आर्थिक वर्षको हालसम्म ५१ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्ला अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ। २०७७/०७८ मा सामाजिक हिंसातर्फ ४४, घरेलु हिंसातर्फ ३५,आर्थिक वर्ष २०७८/०७९ मा सामाजिक हिंसातर्फ ५४ र घरेलु हिंसातर्फ ६१ वटा उजुरी परेका छन्।

यस्तै चालू आर्थिक वर्षको अहिलेसम्म सामाजिक हिंसातर्फ २० र घरेलु हिंसातर्फ ३१ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यमबहादुर बुढामगरले बताए। तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा घरेलु हिंसाका घटना बढी छन्। आर्थिक वर्ष २०७७/०७८ देखि चालू आर्थिक वर्षको अहिलेसम्म २ सय ४५ उजुरी दर्ता भएको जनाइएको छ। सामाजिक हिंसातर्फ १ सय १८ र घरेलु हिंसातर्फ १ सय २७ वटा उजुरी परेको उनको भनाइ छ। २०७७/०७८ मा सामाजिक हिंसा अन्तर्गत दर्ता भएका ४४ मध्ये ३२ वटा उजुरी मिलापत्र भइसकेका छन् भने दुईवटाका उजुरीकर्ता आफूखुसी अदालत गएका छन्। १० जना उजुरीकर्ता सम्पर्कमा नआएको उनले बताए। यस्तै २०७८/०७९ मा सामाजिक हिंसामा ५४ वटा उजुरी परेका मध्ये ४० मिलापत्र भएका छन् भने ४ वटाका उजुरीकर्ता आफूखुसी अदालत गएका छन्। १० वटा उजुरी कर्ता सम्म सम्पर्कमा नआएको उनले जनाए।

प्रकाशित: २० मंसिर २०७९ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App