१६ चैत्र २०८० शुक्रबार
समाज

दमकल खरिद गर्न सिन्धुली महोत्सव हुने

आगामी पुस ८ देखि १८ गतेसम्म सिन्धुली महोत्सव हुने भएको छ । कृषि उद्योग र पर्यटनमा अभिबृद्धि गरौ समृद्धि र समुन्नत सिन्धुली निर्माणका लागि अघि बढौ भन्ने मुल नारा सहित सिन्धुली महोत्सवको आयोजना हुन लागेको हो।

सिन्धुली उद्योग बाणिज्य संघको आयोजनामा हुने यो महोत्सवबाट आएको  नाफाले एक शक्तिशाली दमकल खरिद गर्ने संघका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए।जिल्लाको कमलामाई नगरपालिकाबाट सञ्चालित एउटा दमकल रहेपनि ठुला आगलागिका घट्ना हुँदा एउटा कम क्षमताको दमकले मात्रै अपुग हुने भएकाले अत्यावश्यक पर्दा दमकल अभाव देखिएको र महोत्सव पछि सुविधायुक्त शक्तिशाली दमकल खरिद गर्न आर्थिक रकम जुट्ने  उद्योग बाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष श्रेष्ठका अनुसार करिब १ करोड २५ लाख रुपैया लाग्ने दमकल कमलामाई नगरपालिकाको साझेदारीमा खरिद गर्न लागिएको हो। दमकल खरिद गरेर नगरपालिकालाईनै सञ्चालनको जिम्मा दिइनेछ ।  

दश दिनसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिइने आयोजक सिन्धुली उद्योग बाणिज्य संघले जनाएको छ। सांस्कृतिक चिनारीको आदानप्रदान गरी जिल्लामा व्यावसायिक व्यापारीकरण र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन महोत्सव आयोजना गरिएको हो। सिन्धुली उद्योग वाणिज्य सङ्घ र  कमलामाई नगरपालिका कार्यालयको सयुक्त आयोजनामा हुन लागेको महोत्सवमा जिल्लामा उत्पादन हुने जुनार, अन्य कृषिजन्य वस्तु एवम् जडीबुटीको व्यावसायिक उत्पादन र स्थानीय लोकसंस्कृतिको जगेर्ना गरी आत्मनिर्भर सिन्धुली निर्माणको अभियान सफल पार्न सहज हुने उद्देश्य लिइएको छ। महोत्सवको आकर्षणका रुपमा सिन्धुलीको रसिलो जुनार, जिल्लाका अन्य विभिन्न उत्पादन, लोक सांस्कृतिक झाँकी र मुलुकमा निकै चर्चा कमाएका कलाकारहरुको प्रस्तुति हुने सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

महोत्सवमा तीन सय ओटा व्यवस्थित सटर निर्माण गर्ने तयारी भएको छ। महोत्सव अवलोकनका लागि साधारण टिकट ६० रुपैया र परिचयपत्रका आधारमा अपाङ तथा विद्यार्थीका लागि बिस रुपैया छुट दिने व्यवस्था गरिएको छ। यस्तै जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। 

प्रकाशित: १९ मंसिर २०७९ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App