१६ चैत्र २०८० शुक्रबार
समाज

पुरानो उदयपुरगढीले आकार लिँदै

पुनः निर्माण भईरहेको उदयपुरगढीको पुरानो गढीक्षेत्रका संरचना। तस्विरः महेश्वर

पुरानो सदरमुकाम उदयपुरगढीको पुनसंरचनाले आकार लिदै आएको छ। ३ वर्षदेखि पुनर्संरचना हुन सुरु भएको पुरानो गढीको निर्माण कार्य झण्डै ८० प्रतिशत पुरा भएसँगै वास्तविक आकार लिन थालेको हो।  

वडा नं। ५ स्थित पुरानो गढीक्षेत्र गाउँपालिका केन्द्र उदयपुरगढीदेखि १ किलोमिटर दक्षिण–पश्चिममा रहेको छ। दुईसय ५० वर्षभन्दा अघिको ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवन दिदै गढी पुनर्सरचना कार्य थालिएको त्यहाँ गढी, तत्कालीन सैनिक बंकर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनालाई पुनर्संरचना गरिने गाउँपालिकाले जनाएको छ।  

पृथ्वीनारायण शाहको फौजी कारबाहीकालको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले ४ वर्षयता त्यहाँ पुनारो गढीको पुननिर्माणको योजना अघि सारेको हो। गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा सुरु भएको गढी पुनर्संरचना कार्यका लागि गत आर्थिकवर्ष संघीय सरकारले २ करोड ७५ लाख रकम बिनियोजन गरेको थियो। सो रकमले अपुग भए थप बजेट सुनिश्चित गर्ने भन्दै गाउँपालिकाले गढीको पुनर्संरचना कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए।  

उनका अनुसार चालु आर्थिक वर्षभित्र गढी पुननिर्माण कार्य सक्नेगरी नर्माण कार्य धमाधम भईरहेको छ। ८० प्रतिशत हाराहारी काम सम्पन्न भईसकेको सो कामका लागि  गतवर्ष नै ठेक्का सम्झौता भएको हो। पौने ३ करोटको ठेक्का लगाउँदा २ करोड १८ लाखमा एडी÷सिद्धगढी÷निशान जेवी काठमाडौंले कामको जिम्मा लिएको र अव अन्तिम चरणमा पुगेको राईले बताए।  

हालसम्म पुरानो गढीको वरिपरि १ सय ३० मिटर गोलो बंकरले अन्तिम रुप लिइसकेको छ। त्यस्तै बंकरको बीचमा ५ सय मिटर व्याससहितको गोलाकार अग्लो भागमा ८ त्रिभुज ९अष्टकोण० आकारको गढी निर्माण कार्य पनि अन्तिम अवस्थामा पुगेको छ। बंकर नाघेर गढी ९अष्टकोण०क्षेत्र प्रवेश गर्न फलामे पुल निर्माण भईसकेको छ भने गढीभित्र कोट खाना भवन र इनारको निर्माण कार्य पनि सकिनै लागेको छ।  

वढी वरिपरि बाहिरपटि ६ फिट र भित्रपटि १४ फिट उचाईको गारो लगाएर बंकर पुननिर्माण गरिएको छ। कोतखाना, इनारसँगै त्यहाँ बगैंचा पनि बनाइने योजना रहेको गाउँपालिका प्राविधिक शाखाले जनाएको छ। सवइन्जिनियर गौतम पराजुलीका अनुसार गढी परिसरमा सार्वजनिक शौचालय, कार्यक्रमस्थल ९मञ्च०, फलामे भ्युटावरको निर्माण भईसकेको छ। यसअघि नै ठड्याइएको बंकर प्रवेशद्वारतर्फ फर्केको घोडाको शालिकलाई भने स्थानीयले नरुचाएपछि अर्को बनाउने गरी भत्काइने भएको छ।  

गढी पुनर्संरचनामा प्रयोग भएका सबै संरचना ढुंगा र सिमेन्ट मिश्रित छ। प्राचिन गढीकै जस्तो झलकाउन काँचो ढुंगा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाइदैछ। निर्माण कम्पनीले आधनुनिक मेसिन उपकरणको सहयोगमा ढुंगा मठारेर कलात्मक बनाई प्रयोगमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत राईले बताएका छन्।  

४ वर्षअघि उदयपुरगढीलाई नेपाल सरकारले देशका १ सय पर्यटकीय गन्तव्यमध्येमा पारेको थियो। सरकारे ‘पर्यटन वर्ष - भिजिट २०२००’ घोषणा गर्दै सय गन्तव्यभित्र पारेपछि  गाउँपालिकाले उदयपुरगढीलाई पर्यटकीय विकास गर्ने उदेश्यसहित पुरानो गढी पुनर्संंरचना योजना अघि सारेको थियो। तर, विश्वव्यापी कोविड महामारी फैलिएसँगै ०७५ चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि पर्यटन कार्यक्रम कचल्टिएको गाउँपािलका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए।  

अध्यक्ष मगरका अनुसार कोविड महामारी सेलाउन थालेपछि गतवर्षदेखि मात्र गढी पुननिर्माणको कार्यले निरन्तरता पाएको हो। उदयपुरगढीलाई जिल्ला मात्र नभएर प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने योजनामा पुरानो गढी पुनर्संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मगरको विश्वास छ। उनका अनुसार गढडी पनुनिर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा पर्यटन मन्त्रालयले ५० लाख सहयोग गरेको थियो। सो रकममाथि गाउँपालिकाले २२ लाख थपेर बोधकुमार घिमिरेको अध्यक्षतामा ‘पुरानो गढी पुननिर्माण उपभोक्ता समिति’ गठन गरी बंकर पुननिर्माण थालिएको थियो।  

अढाईसयवर्षअघि २२ से २४ से राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाह वंशीय राजा पृथ्बीनारायण शाहका सेनाले कब्जा गरेको थियो। हाल चौदण्डीगढी नगरपालिका १ स्थित चौदण्डीगढीमा मुख्य र उदयपुरगढीमा सहायक मुकाम रहेको इतिहासकारहरु बताउँछन् । पूर्वबाट किरात वंशका वल्लो किरात, पल्लो किरात र माझकिरात कब्जा गर्दै आएका पृथ्वीनारायण शाहका सेनाले राज्य एकीकरणको क्रममा विजयपुरगढी, हतुवागढी, चौदण्डीगढी कब्जा गर्ने क्रममा उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाई गरेको बताइन्छ।  

प्रकाशित: १९ मंसिर २०७९ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App