coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

४० किलो गाँजा सहित एक जना पक्राउ

फोटो: लागु औषध गाँजा सहित पक्राउ परेको पटेल।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बेनौलीले लागू औषध गाँजा सहित शुक्रवार राती एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पचरौता नगरपालिका ३ बेनौलीका जियालाल पटेल रहेको सशस्त्र प्रहरी बल १२ नम्बर गण उत्तरझिटकैयाले जनाएको छ।

सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले भरियालाई प्रयोग गरेर तस्कर समूहले भारत तर्फ लागु औषध गाँज लैजान लागेको भन्ने जानकारीको आधारमा गाँजा सहित पटेललाई पक्राउ गर्न सफल भएको बताएका छन्।

पक्राउ परेका पटेल समूहले ४० किलो लागु औषध गाँजालाई १०/१० किलोको चार वटा प्याकेट बनाएर टाउकोमा बोकी भारत तर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थापाले बताए।

गाँजा सहित पक्राउ परेको पटेललाई थप कारबाही गर्नका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए। सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनीका बाहिनिपति गणेश ठाडा मगरले खुल्ला सिमानाको फाइदा उठाउँदै तस्कर समूहले लागु औषध गाँजालाई नेपालबाट भारत तर्फ लैजान तस्करहरू सक्रिय बनेकाे बताए।

लागु औषध गाँजलाई नेपालबाट भारत लैजाने र भारतबाट डाईजेपाम इन्जेक्सन, फेनारगन, नुर्फिन नेपाल भित्र्याउने कार्यलाई अहिले चेकजाँचमा कढाइ गरिएकाले धेरै तस्कर र तीनका भरियाहरूलाई पक्राउ गर्न सफल भएको ठाडा मगरले बताए।

प्रकाशित: १७ मंसिर २०७९ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App