८ वैशाख २०८१ शनिबार
समाज

धनगढीमा विद्यार्थी मृत्यु प्रकरण: चालकविरुद्ध किटानी जाहेरी गर्ने सहमतिपछि आफन्तले बुझे शव

ग्रेडरले किचेर मृत्यु भएकी धनगढीकी छात्रा चेतना साउँदको शव परिवारले बुझेका छन्। कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक चितवनका २७ वर्षीय विकल कुमालविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार चालकविरुद्ध किटानी जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरेपछि पीडित परिवारले शव बुझेका हुन्।  

बिहीबार बिहान सवा १० बजेको समयमा विद्यालय जाँदै गर्दा धनगढी पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया चेतनालाई ग्रेडरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। ठक्करबाट घाइते भएकी चेतनालार्य चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गर्दै आएका थिए।  

प्रशासनले बिहीबार साँझदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाकै अवस्थामा शुक्रबार बिहानैदेखि विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको थियो। आन्दोलनकै क्रममा प्रहरीले २१ ज्ना विद्यार्थीसहित केही स्थानीयलाई नियन्त्रणमा लिएको थियो।  

प्रकाशित: १६ मंसिर २०७९ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App