coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामाग्री

जुम्लाका कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गरिएको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदीबन्दीलाई खेलकुदका  सामाग्री उपलब्ध गराएको हो।  

जिल्ला खेलकुद समितिका अध्यक्ष धनकृष्णा पाण्डेका अनुसार भलिबल ३ थान,नेट १ थान, पम्प १ थान र ब्याटमिन्टन कक १ थान दिइएको छ। पाण्डेका अनुसार १० हजार बराबरको खेलकुदका सामाग्री छन्।

अध्यक्ष  पाण्डे र कार्यालय प्रमुख कविदत्त न्यौपानेले कारागारमै पुगेर उपलब्ध गराएका थिए।जिल्ला  कारागार जुम्लामा १ सय ९ जना कैदीबन्दी छन्। उनीहरु मध्ये  पुरूष १ सय ६ जना र महिला ३ जना कैदीबन्दी  रहेको जिल्ला कारागार जुम्लाका जेलर विष्णु महत बताए। 

प्रकाशित: १६ मंसिर २०७९ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App