१६ चैत्र २०८० शुक्रबार
समाज

झोलुङ्गे पुल माग्दा बित्यो १५ वर्ष

झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन।

तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशमबहादुर खड्काले बताए।

लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ। खोला पार गर्न खोज्दा २०७५ सालमा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईंको मृत्यु भएको थियो। यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काको भनाइ छ।  

'विसं २०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो। त्यसपछि सांसदहरुलाई पनि पुलका लागि जानकारी गराएका थियौँ', उनले भने, 'गाउँपालिकाले छ वर्षदेखि निरन्तर  नीति कार्यक्रमयसलाई समेटेको छ तर कार्यान्वयन भने भएको छैन।'

खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोदकुमार शाहीले बताए। उनले भने, 'पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै एक घण्टा बढी हिँड्नुपर्छ। बाटो अप्ठ्यारो भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन्।'

व्यापारी पदमबहादुर बुढाले पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको बताउँछन्। खोलामा पानीको वहाव बढी भएको समयमा सामान नै ढुवानी गर्न नसकिने उनको भनाइ छ।रासस

प्रकाशित: १६ मंसिर २०७९ ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App