६ वैशाख २०८१ बिहीबार
समाज

जातीय मुद्दा खेपि रहेका वडा अध्यक्ष चेतन हत्या काण्डमा पनि समातिए

विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्न भएको आरोपमा त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी पक्राउ परेका छन्। जातीय विभेद तथा छुवाछुत घटनामा मुद्दा खेपिरहेका अयडी हत्या आरोपमा पुनः पक्राउ परेका हुन्।  

अयडी एक महिना पहिला मात्र १ लाख धरौटीमा छुटेका थिए। दलित समुदायका व्यक्तिलाई मन्दिर पसेको भन्दै अयडीले कुटपीट तथा विभेद गरेका थिए। उक्त मुद्दामा महिना दिन बढी हिरासत बसेर धरौटीमा छुटेका अयडी फेरि हत्या आरोपमा पक्राउ परेका छन्। विद्यार्थी नेता चेतन अयडी हत्या गर्ने आरोपीत २२ जना मध्ये वडा अध्यक्ष अयडीको पनि नाम किटानीमा उल्लेख भएपछि पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सूर्य थापाले बताएका छन्। त्रिवेणी ७ स्थित नाटेश्वरी मन्दिरमा पुजा पाठन गर्न दलितलाई अनुमति नभएको भन्दै टेकेन्द्र सुनारलाई अयडी सहीत तीन जनाको टोलीले कुटपीट गरेका थिए।

घटनामा संलग्न तीनै जनालाई जातीय विभेद तथा छुवाछुत कसुर सजाय ऐन अन्र्तगत कारवाही चलिरहेको छ। जिल्ला अदालतमा प्रतिव्यक्ति १ लाख घरौटी राखेका छुटेको एक महिना नबित्नै अयडी पुनः पक्राउ परेका छन्। वडा अध्यक्ष अयडीले चेतन अयडीको हत्या योजना बनाए, घरमै पठाएर कुटीकुटी हत्या गर्न लगाएको परिवारको आरोप छ। वडाध्यक्ष अयडीसँगै मुद्दा खेपिरहेका अर्का एक जना पनि हत्या आरोपमा पक्राउ परेका छन्। स्थानीय तह निर्वाचन देखि नै अयडीले चेतन माथि मार्ने षड्यन्त्र र योजना बनाइरहेको आरोप आफन्तको छ। स्थानीय तह निर्वाचन समेत बुथ कब्जा गरेर हिंसात्मक गतिविधी गरेरै जितेको आरोप अयडी माथि छ।  

जातीय विभेद तथा छुवाछुत कसुर सजाय ऐन अन्र्तगत मुद्दा खेपीरहेका अयडीलाई दोहोरो मुद्दा लागेको छ। पहिलोकै अपराधको छानवीन नहुँदै अर्को मुद्दामा संलग्न देखिएपछि अध्यक्ष अयडीको व्यवाहारमै शंका उत्पन्न भएको प्रहरी श्रोतले बताएको छ। चेतन अयडीको परिवारले वडाध्यक्ष अयडीलाई नायके मध्येको एक भनेर किटानी दिएको छ। कोठा भित्र लुकेको व्यक्तिलाई कुरा गरौ, भन्दै बाहिर बोलाउन लगाएर कुटीकुटी मारेको आरोप अध्यक्ष माथि छ। चेतन अयडीको हत्या आरोपमा २२ जनाको नाममा किटानी जाहेरी दर्ता भएको छ।  

किटानी उजुरीमा नाम उल्लेखित २२ जना मध्ये ४ जना पक्राउ परिसकेका छन्। चार जना मध्ये १ जना महिला छन्। प्रहरीले अनुसन्धान भइरहेकोले ढिलो चाँडो पक्राउ पर्ने बताएको छ। जनप्रतिनिधी नै अपराध कार्यमा संलग्न भएपछि सेवा प्रवाह अस्तव्यस् बनेको छ। विपक्ष आस्थाराख्नेले वडामा सेवा लिन जानै छोडेको अवस्था छ। एउटा मुद्दा चलिरहेको अवस्थामा पुनः अर्को मुद्दामा जोडिएपछि वडाध्यक्षको चरित्र माथि नै आशंका गर्न थालिएको छ।  

प्रकाशित: १५ मंसिर २०७९ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App