७ वैशाख २०८१ शुक्रबार
समाज

ग्रेडरले किचेर छात्राको मृत्यु, विद्यार्थीद्वारा सडक अवरुद्ध

विद्यालय जाँदै गर्दा धनगढी पिपल चौतारा नजिक ग्रेडरले किच्दा एक छात्राको मृत्युु भएको छ।  

बिहान १०:२० बजेको समयमा विद्यालय जाँदै गर्दा तारानगरकी १५ वर्षिया छात्रा चेतना साउँदलाई ग्रेडरले किचेको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसारना १ क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको  ग्रेडरले पिपल चौतारा नजिक पानी पिच गरिरहेका बेला ब्याक गर्दा साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई किचेको थियो।  

ग्रेडर र चालक चितवन भरतपुर महानगरपालिका वडा नम्बर २८  बस्ने वर्ष २७ का विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेतना स्थानीय पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन्। अहिलो सो क्षेत्रमा विद्यार्थीहरुले नारा जुलुस गर्दै सडक अवरुद्ध पारेका छन्।

प्रकाशित: १५ मंसिर २०७९ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App