८ वैशाख २०८१ शनिबार
समाज

म्यादी प्रहरीमाथि अपशब्द बोलेको आरोपमा एक युट्युवर पक्राउ

निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एक जनालाई युट्युवरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का उर्फ प्रतिक रहेका छन्। प्रतिक खड्का नामक युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू ‘केटी हेर्न’ का लागि जाने गरेको भन्दै अपशब्द प्रयोग गरेका छन्।

युट्युवमार्फत आक्षेप र लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको अभियोगमा उनलाई मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

खड्काविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: १४ मंसिर २०७९ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App