coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नक्कली प्रशासकिय अधिकृत पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रकासकिय अधिकृतलाई पक्राउ गरेको छ। गोरखाको सहिद लखन गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा आफुलाई जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउने आकाशचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो।

आईतबार दिउँसो पौने चार बजेको समयमा परियारले आफुलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगि गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाले बताए।

आफु जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई निजामति कर्मचारीको पोशाक सहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, आकाश चन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

परियारलाई पक्राउ गरी उनी बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद ६३ हजार रुपैयाँ, पेनड्राईभ लगायतका दशिका सामानहरू फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

नक्कली प्रकासकीय अधिकृत बताउने परियार विरुद्ध ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

प्रकाशित: १२ मंसिर २०७९ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App