coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सप्तकोशीको तटीय क्षेत्रबाट २१७ केजी गाँजा बरामद

सप्तकोशीको पूर्वी तटीय क्षेत्रबाट जनकपुर लादै गरेको २१७ केजी गाजा सुनसरीको कोशी गाउँपालिका वडा नं. ३ बाट सशस्त्र प्रहरीले बरामद गरेको छ। बन्दा कोभी लोड गरिएको गाडीबाट सशस्त्र प्रहरीले  विहीबार बिहान ४ बजेतिर  गाँजा बरामद गरेको हो।  

तरकारी (बन्दाकोभी) लिएर धनकुटाबाट जनकपुरतिर जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरी वल प्रदेश नं. १ को कार्यालय पकली सुनसरीले जनाएको छ। आठवटा बोरा भित्र प्याक गरिएको गाँजा माथिबाट बन्दा कोभीले छोपेर लैजाँदै गरेको अवस्थामा भेटिएको डिआईजी कमल गिरीले बताए। एक हजार पाँच केजी तरकारी रहेको पिकअपको मुनी गाँजा भेटिएको थियो। सशस्त्रले पिकअपसहित गाँजा र तरकारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको जानकारी दिइयो।

सशस्त्रले रोकेर खानतलासी सुरु गर्ना साथ पिकअप छाडेर चालक फरार बनेका थिए। चालकको खोजी तीव्र पारिएको सशस्त्रले जनाएको छ।  

 

 

प्रकाशित: ७ मंसिर २०७९ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App