१५ मंसिर २०७९ बिहीबार
समाज

दोलखाको उजुरी छानबिन गर्न निर्वाचन आयोगले पठायो टोली

दोलखाको उजुरी छानबिन गर्न निर्वाचन आयोगले सहसचिव यज्ञ प्रसाद भट्टराईको नेतृत्वमा गुरु वाग्ले र मोहनराज जोशी सहितको छानबिन टोली दोलखा खटाइएको छ।

जिल्लाका ५ स्थानको मतदान पुन गर्न माग गर्दै एमालेले उजुरी दिएको थियो। उक्त उजुरी बारे छानबिन गर्न टोली दोलखा पठाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकन्युजलाई जानकारी दिए। ‘टोलीले आज दिउँसो सम्म रिपोर्ट लिएर फर्किएपछि निर्णयमा पुग्छौं’ उनले टेलिफोनमा नागरिकन्युज सँग भने।  

टोलीले  बुधबार बिहानैदेखि सरोकारवाला सँग छलफल थालेको छ।

प्रकाशित: ७ मंसिर २०७९ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App