१५ चैत्र २०८० बिहीबार
समाज

सुनसरी क्षेत्र नं १ को मतगणना सुरु

सुनसरी क्षेत्र नं १ को मतगणना कार्य शुरु। तस्बिर: रोहित राई

सुनसरी क्षेत्र नं १ को मतगणना कार्य सुरु भएको छ।  

सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि तीन घण्टा ढिला गरि ४ बजेदेखि गणना कार्य सुरु भएको हो। धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा अहिले प्रतिनिधिसभाको मतपेटिका खन्याएर सटिङ गर्ने कार्य भइरहेको छ भने प्रदेशसभा १ (१) तर्फको पनि मतगणना शुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए।

यसअघि अगल अलग वडाका मतपेटिकाहरु मिसाएर गणना गर्ने सहमति सर्वपक्षीय बैठकमा भएको थियो। तर, उक्त सहमतिमा लोकतान्त्रिक वाम गठबन्धनले असहमति जनाएपछि वडाहरुको अलग अलग नै मतपत्र गणना गर्ने सहमति भएपछि गणना ढिला गरि सुरु भएको हो। सुनसरी १ को प्रतिनिधिसभा प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक, प्रदेशसभा प्रत्यक्ष र प्रदेशसभा समानुपातिकको मतगणना एकैपटक सुरु गर्ने निर्णय अनुसार नै गणना कार्य अघि बढ्ने अधिकृत अर्यालले बताए।

सुनसरी निर्वांचन क्षेत्र १ मा कुल १ लाख ४१ हजार ८७८ मतदाता रहेका छन्। हिजो भएको मतदानमा ७८ हजार ८९३ मत मात्र खसेको छ। निर्वाचन अधिकृत रुद्र अर्यालका अनुसार सुनसरी १ मा खसेको मतप्रतिशत ५५ दशमलव ६१ प्रतिशत मात्र हो। सुनसरी १ मा धरान उपमहानगरपालिकाको २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा पनि पर्छ।

प्रकाशित: ५ मंसिर २०७९ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App