coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखामा कुटपिटबाट गम्भिर घाईते युवाको हेलिकप्टरबाट उद्धार

उत्तरी गोरखाबाट घाईतेको उद्धार गरिँदै।

कुटपिटबाट गम्भीर घाइते चुमनुब्री गाउँपालिका वडा नं ३ सिर्दिबासका २३ वर्षीय रसबहादुर गुरुङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

आइतबार राती धनबहादुर गुरुङले कुटपिट गर्दा गुरुङ गम्भीर घाइते बनेका थिए। उनको अवस्था गम्भिर भएपछि गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र बजगाईले थप उपचारकालागि काठमाण्डौ लैजान हेलिकप्टरको व्यवस्था गरिदिएको स्थानीय वीरबल घलेले बताए।

खुँडा प्रहारबाट गुरुङको शरीरको पछाडि विभिन्न भागमा चोट लागेको र अगाडिबाट हातले छेक्न लाग्दा हातमा पनि चोट लागेको उनले बताए। घाईते गुरुङलाई कैलास हेलिकप्टरबाट सोमबार दिउसो काठमाण्डौँ लगिएका छ।

आर्थिक अवस्था कमजोर रहेको, स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएकाले घाइते गुरुङको थप उपचारका लागि प्रतिनिधिसभाका उम्मेदवार बजगाईले हेलिकप्टर व्यवस्था गरिदिएको घलेले जानकारी दिए।

आक्रमण गर्ने धनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ। व्यक्तिगत रिसीवीका कारण कुटपिट गरेको हुनसक्ने अनुमान प्रहरीको छ।

प्रकाशित: ५ मंसिर २०७९ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App