coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तु क्षेत्र नम्बर ३ को मतगणना सुरु

कपिलवस्तुमा मतगणना सुरु भएको छ। कपिलवस्तुको क्षेत्र नम्बर ३ मा मतगणना कार्यको प्रकृया थालनी  बिहान ११ बजे देखि सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। सुरुमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको मतगणना सुरु भएको उनले बताए।  

बहादुरगंज ख सार्वजनिक धर्मशाला गणेशपुर, वडा कार्यालय उदयपुर र वडा कार्यालय भलवारीमा मतगणनाबाट सुरु गरिने उनले बताए। अबको केही बेरमै मतगणना कार्य सुरु हुने उनले बताए। आज साझ सम्म थप २ स्थानमा गरी कूल ३ ठाउँमा मतगणना हुने उनले बताए। निर्वाचन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट कांग्रेसका नेता अभिभषृका प्रताप शाह, एमालेका मंगल प्रसाद गुप्ता, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र र राप्रपाका प्रकाश रजौरिया बिच प्रतिस्पर्धा हुने देखिएको छ। उता क्षेत्र नम्बर २ को मतगणना २ बजेदेखि सुरु हुने सहायक निर्वाचन अधिकृत सुमन पाण्डेयले बताए। यस्तै क्षेत्र नम्बर  १ को मतगणना समेत दिउँसो २ बजेबाट मतणनाको प्रकृया सुरु हुने निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीले बताए।  कपिलवस्तुमा प्रतिनिधि सभाको ३ र प्रदेश सभाको ६ सिट छन्। ३ लाख ७८ हजार २३२ मतदाता रहेको कपिलवस्तुमा ६७ प्रतिशतको हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७९ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App