२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाही र रौतहतमा शान्तिपुर्ण निर्वाचन सम्पन्न

मधेस प्रदेशको रौतहट र सर्लाहिमा प्रतिनिधि सभा र प्रदेश सभाको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

आइतबार रौतहट जिल्लामा ६५ प्रतिशत मत खसेको छ भने सर्लाहिमा ६२ प्रतिशत मत खसेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

रौतहतको २७६ मतदान स्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि जिल्लाको दुइवटा मतदान केन्द्रमा गोलि चलेको छ।गुजरा नगरपालिका वडा नम्बर ४ को मावि कनकपुर मतदान केन्द्र र गरुडा नगरपालिका ६ अमरपटिमा उम्मेदवारका समर्थकहरुद्धारा मतदान स्थल बाहिर झै झगडा गर्न थालेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुई राउण्ड हवाई फायर गरि स्थितीलाई नियन्त्रणमा लिएर मतदान पुन: सुचारु गराएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए।

प्रजिअ शाहीले जनाए अनुसार रौतहटको इतिहास मै पहिलो पट अत्याधिक भद्र, शान्तिपूर्ण र धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न भएको प्रतिकृया दिए। स्थानिय तहको निर्वाचनमा ११ वटा मतदान केन्द्रमा दोश्रो पटक मतदान भएको थियो। ती सबै कमि कमजोरिलाइ मध्य नजर गर्दै प्रशासनले स्थानिय तह निर्वाचन भन्दा दोब्बर करिब दस हजार सुरक्षाकर्मी परिचालन गरेर निर्वाचन शान्तिपुर्ण सम्पन्न गराउन सफल भएको प्रहरी प्रमुख एसपी वीर बहादुर बुढा मगरले बताए। 

निर्वाचन सम्पन्न भएपछि मतपेटिका मतगणणा स्थलमा ल्याउने काम भएको छ। सर्वदलिय बैठक पछि मतगणना आजै राति देखि सुरु हुने प्रजिअ शाहीले बताए।

यसैगरी सर्लाहीमा ६० प्रतिशत मतदान, शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। जिल्लाको २० वटा स्थानीय तहमा ४ प्रतिनिधि सभा र ८ प्रदेश सभाको सम्पन्न भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको सर्लाहिका प्रहरी प्रमुख एसपी प्रबिण पोखरेलले बताए।

विगतमा हुँदै आएको निर्वाचनको बेला सधै विवादले घेरिएका सर्लाहीमा यसपाली सुरक्षा प्रबन्ध चुस्तदुरुस्त रहेका कारण कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App