राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समाहित भएसँग विवेकशील साझा पार्टीले आफूसँग रहेको विपद् व्यवस्थापन कोषको ३३ लाख रुपैयाँ रास्वपालाई बुझाएको छ। आइतबार पार्टी एकता समारोहमा विवेकशीलका नेता दामोदन न्यौपानेले रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीलाई सो रकमको चेक हस्तान्तरण गरेका छन्।
एकता घोषणा समारोहमा रास्वपाका सहमहामन्त्री विपिन आचार्यले विवेकशीलको ‘सिम्बोलिक कुरा’ भनेर हस्तान्तरणका लागि आह्वान गरेका थिए।
‘विवेकशील साझाको विपत् व्यवस्थापनको एक सिम्बोलिक कुरा पनि छ,’ उद्घोषणका क्रममा उनले भनेका थिए, ‘विवेकशील साझाले विपत् व्यवस्थापनमा प्रयोग गर्ने रकम हाम्रो पार्टीमा पनि ¥यापिड रेस्पोन्स टिम भनेर छ। जसले विपत् व्यवस्थापनमा काम गर्छ।’
प्रकाशित: १४ मंसिर २०८२ १६:०८ आइतबार





