२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीले राजनीतिक महिला हिंसा गरेको उपाध्यक्ष शाक्यको आरोप

नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक महिला हिंसा गरेको आरोप लगाएकी छन्।  

महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंमा आयोजित अन्तर संवाद कार्यक्रममा उपाध्यक्ष शाक्यले उक्त आरोप लगाएकी हुन् । अध्यक्ष ओलीले गरेका कुनै पनि कामबारे प्रश्न उठाउनै नपाउने प्रवृत्ति गलत भएको टिप्पणी गर्दै शाक्यले भनिन्, 'अध्यक्ष ओली आमाको कोखबाट जन्मेको हुन् कि हैनन् ?'  

देशभर रहेका एमालेका लाखौं कार्यकर्ता अध्यक्ष ओलीको नभइ पार्टीको भएको उनको भनाइ थियो ।  

अन्तरसंवादमा नेतृ विन्दा पाण्डेले पुरुषले मात्र दिने चलनको अन्त्य गर्दै अब महिलाले पनि दिने प्रवृत्तिको विकास आवश्यक रहेको चर्चा गरेकी थिइन् ।  नवौ महाधिवेशनबाट पारित भएको महिला हिंसासम्बन्धी प्रस्ताव कार्यान्वयन नभएको बताउँदै उनले ११औं महाधिवेशनमा एजेन्डाकै रुपमा बहस गराउने प्रतिबद्धता व्यक्त गरिन्। 

कार्यक्रममा सहभागी एमाले नेतृहरूले पार्टीभित्र झांगिएको राजनीतिक महिला हिंसा उन्मुलनका लागि सबैको साथ आवश्यक रहेकोमा जोड दिएका थिए। 

प्रकाशित: २३ मंसिर २०८२ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App