२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

मोरङ–६ बाट शेखर कोइरालाको नाम एकल सिफारिस

नेपाली कांग्रेसको मोरङ–६ क्षेत्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि डा. शेखर कोइरालाको नाम एकल सिफारिस गरेको छ। फागुन २१ को घोषित प्रतिनिधिसभा निर्वाचनमा मोरङ–६ मा प्रत्यक्ष उम्मेदवार बनाउन क्षेत्रीय समितिले कोइरालाको नाम एकल रूपमा सिफारिस गरेको हो। 

मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ। कोइराला २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

यस्तै क्षेत्रीय समितिले समानुपातिकतर्फ सात जनालाई सिफारिस गरेको छ। सिफारिस पर्नेमा पूर्व सांसद डा. डिला सङ्ग्रौला, रमेशजंग रायमाझी, रुक्मिणी कोइराला, प्रमीला गच्छदार, मृदुला कोइराला, सीता पोखरेल घिमिरे र सीता थापामगरको नाम छ। 

प्रकाशित: २३ मंसिर २०८२ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App