२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

सरकारलाई शाहीको आग्रह: प्रदेश खारेज गर्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदेश खारेज गर्न सरकारसमक्ष अपिल गरेका छन् ।  

राप्रपाको काठमाडौं केन्द्रित प्रदर्शन सभालाई सम्बोधन गर्दै उनले भने, “आज १८ खर्बभन्दा बढी रकम प्रदेशका नाममा खर्च भएको छ, त्यसकारण अहिलेको सरकारलाई हामी के भन्छौँ भने, प्रदेश खारेज गर्नुस् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउनुस् ।”

१ अर्बको मात्र एउटा अस्पताल बनाएको भए १८ सय अस्पताल बन्ने उनको भनाइ छ । “संविधान संशोधन गर्नुस्, आज अख्तियारलगायतका ठाउँमा राजनीतिक दलहरूलाई नियुक्ति बन्द गर्नुस् अनि चुनावमा जाऔँ । नयाँ जनादेशका साथ आऔँ,” उनले भने ।  

उनले विघटित प्रतिनिधि सभाका सभामुख तत्कालीन प्रधानमन्त्रीको 'गोटी' बनेको आरोप लगाए । संसदमा भिजिट भिसा प्रकरणमा राप्रपाले विषय उठान गरे पनि एक सय दिनसम्म कुनै सम्झौता र वार्ता पनि नगरेको उनको भनाइ छ ।

प्रकाशित: २३ मंसिर २०८२ १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App