२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

राजा, दल र जेन-जी बीच समझदारी माग गर्दै राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र नयाँ पुस्ता (जेन-जी) बीच नवीन समझदारी निर्माणका लागि सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरेको छ।

मंगलबार अपरान्ह रत्नपार्क क्षेत्रमा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताहरूले जुलुससहित शक्ति प्रदर्शन गरेका हुन्।

राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीको नेतृत्वमा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले हातमा राष्ट्रिय झन्डा बोकेका थिए भने पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्बिर अंकित प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

उनीहरूले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा चर्को नाराबाजी गरे। प्रदर्शनको उद्देश्यबारे प्रष्ट पार्दै नेता शाहीले मुलुकमा विद्यमान प्रदेश संरचनाको खारेजी, वैदिक सनातन हिन्दु अधिराज्यको स्थापना, संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने माग राखेर आफूहरू सडकमा उत्रिएको बताए।

रत्नपार्कबाट सुरु भएको जुलुस सभामा परिणत हुनेछ। उक्त सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २३ मंसिर २०८२ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App