२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

दुबई पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्‍टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाने क्रममा दुबई आएका छन्।  

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन्। उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरे।  

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११:५५ बजे फ्लाइट दुबईको उडानबाट दुबई आएका हुन्। यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका छन्।

प्रकाशित: १९ श्रावण २०८२ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App