२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री-सुधन भेटवार्ता: सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा चासो

तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए। 

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो।  

यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो पनि प्रधानमन्त्रीसमक्ष गरेका थिए।  

प्रकाशित: २३ मंसिर २०८२ १७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App