२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

अरु अलमलमा छन्, एमाले लयमा फर्कियो: प्रदीप ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक पंक्ति लयमा फर्किएको बताएका छन् ।  

जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज काठमाडौंमा भएको पार्टीको बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसङ्गठन, सम्पर्क समन्वय कमिटीसहितको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले अन्य राजनीतिक दलहरू अलमल र दिशाविहीन अवस्थामा फसेको बेला एमाले मात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताए ।  

ज्ञवालीले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन र सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दै गएको बताए ।  

जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी संगठन थप ऊर्जावान बनेको उनले बताए । बैठकमा काठमाडौं इञ्चार्ज आनन्द पोखरेलले मंसिर ५ गते आयोजना गर्न लागिएको  स्वयंसेवकहरुको राष्ट्रिय भेला र मंसिर ६ गते काठमाडौमा आयोजना गर्न लागिएको विशेष प्रदर्शनको तयारी सम्बन्धी विस्तृत जानकारी गराएका थिए ।

प्रकाशित: ३० कार्तिक २०८२ १८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App