सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी बनेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो।
पहिरो पन्छाउने तयारी भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
प्रकाशित: २० कार्तिक २०८२ २१:५६ बिहीबार





